ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ जना गम्भीर घाइते

२०७९ माघ, ८  
कर्णाली प्रदेश
Tvs Raider Image Not Found

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११, झुप्राखोलास्थित रत्न राजमार्गमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र०१०२६च ९२१३ नम्बरको गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो । दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro