ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

खराब कर्जा बढेपछि घट्यो सिद्धार्थ बैंकको नाफा, अन्य सूचक कस्तो ?

२०७९ माघ, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ३८ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ५७ करोड नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब १६ करोडमात्र कमाएको हो । 

चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेको र सञ्चालन नाफा घटेकोले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा २७ प्रतिशत घटेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा गत आवमा शून्य दशमलव ३७ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव ८७ प्रतिशत पुगेको छ । 

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३ अर्ब खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. ४ अर्बभन्दा माथि पुगेको छ । १२ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब पुगेको छ । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ८ अर्ब ८२ करोड र रिटेन्ड अर्निङमा रू. ९ करोड ६५ लाख सञ्चित गरेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी रू. २२ दशलमव ३३ रहेको कम्पनीको चालू आवमा रू. १६ दशमलव ५३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ६० गुणा, तरलता अनुपात २५ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव २९ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro