काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन् ।
ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो । तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ ।
आजको दिन तामाङहरूको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई यो समुदायले नयाँ वर्षको रूपमासमेत मनाउने गर्छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ । हरेक वर्ष शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।