ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मञ्जुश्री फाईनान्सले छ महीनामा कमायो रू. १३ करोड ६५ लाख नाफा, अन्य सूचक ?

२०७९ माघ, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म अर्थात् ६ महीनामा रू. १३ करोड ६५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८१ प्रतिशतले बढी हो । कम्पनीले गत आवमा रू. ७ करोड ५३ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएको छ । 

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६४ प्रतिशत र सञ्चालन नाफा ७६ प्रतिशतले वृद्धि भएको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशलमव १६ रहेकोमा चालू आवमा रू. २० दशमलव २० पुगेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २२ दशमलव ४३ गुणा, तरलता अनुपात २६ दशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ६२ रहेको छ ।

चुक्तापूँजी रू. १ अर्ब ३५ करोडभन्दा बढी रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ५८ करोड १० लाख र रिटेन्ड अर्निङमा रू. १ करोड २० लाख सञ्चित गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro