ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

उडान सुरक्षित बनाउन पाटपूर्जामा अर्बौं लगानी गरेको बुद्ध एयरको दाबी, 'दुर्घटनाबाट पाठ सिक्यौं'

२०७९ माघ, ८  
यातायात
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कम्पनीले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन् । 

आइतवार बुद्ध एयरले आयोजना गरेको विमानको मर्मतसम्भार र सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्नेगरी काम गरिरहेको बताएका हुन् ।

उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको दाबी गरे । बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनको लागि विमान मर्मत लगायतका विषयमा थप कडाईका साथ काम थालनी गरेको उनको भनाइ छ ।

नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको उनको भनाइ छ । बस्नेतले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरू लुकाउने नगरेको र हवाई उडान, उडानको प्राविधिक पक्षलगायत उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए ।

बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको उनको भनाइ छ ।  प्राधिकरण नभएको भए बुद्ध एयरले अहिलेको अवस्थामा हवाई क्षेत्रमा वृद्धि गर्न नस्कने बताउँदै बस्नेतले भने, 'प्राधिकरणले जुन किसिमको सहयोग गर्नुभयो, त्यसमा इगो, अहमता छैन ।'

पछिल्लो हवाई दुर्घटनापछि बुद्ध एयरको सञ्चालक तथा विभागीय प्रमुखहरूसँग छलफल गरेर हवाई उडान सुरक्षा र अब कसरी अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिइएको उनको भनाइ छ । 'हवाई दुर्घटनाले धेरै कुरा सिकाएकाले आगामी दिनमा आउने समस्या समाधान गर्दै लैजाने भनेर तयार थालेका छौं,’ उनले भने 

बुद्ध एयरले धेरै वर्ष पुराना विमानहरू नेपालमा ल्याएर उडान भर्ने गरेको आवाज उठेको छ । तर, अन्तरक्रिया कार्यक्रममा जानकारहरूले विमानहरू पुराना नहुने बताएका छन् । उनीहरूले विमानका पार्टपूर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपूर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन् ।

अन्तरक्रियामा बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउन विमान मर्मत र पार्टपूर्जाको लागि अर्बौं लगानी गरेको बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro