ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

साना तथा मझौला व्यवसाय समस्यामा

२०७९ माघ, ९  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय श्रम, शीप र कच्चापदार्थमा आधारित साना तथा मझौला व्यवसाय समस्यामा परेको व्यवसायीहरूले बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघको आइतवार भएको बैठकमा व्यवसायीले यस्तो बताएका हुन् । मुलुकको कुल व्यवसायको करीब ९० प्रतिशत हिस्सा ओगटेको साना तथा मझौला व्यवसायलाई सरकारले पनि साथ नदिँदा पछिल्लो समय यस्ता व्यवसाय समस्यामा पर्दै गएको व्यवसायीको भनाइ छ । बैठकमा महासंघका अध्यक्ष दीपकप्रसाद आचार्यले साना तथा मझौला व्यवसायलाई सरकारले उपेक्षा गरेको भन्दै यसको विकास, विस्तारका लागि सबै उद्यमी व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने बताए । मुलुकको जनशक्तिलाई कृषि क्षेत्रले मात्र समेट्न नसक्ने भएकाले स्थानीय स्तरमै ससाना उद्यम व्यवसाय सञ्चालन गरेर रोजगारीका अवसर बढाउन सरकारले समेत सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro