काठमाडौं । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच (आरपीएस)मार्फत चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा १८ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ प्रतिशतले बढी रहेको कम्पनीले जानकारी दिएको छ । ‘हाल आरपीएसको दैनिक औसत भुक्तानी कारोबार १३ अर्ब ३० करोड रुपैयाँ बराबरको भइरहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसअन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मार्फत हुने गरेको छ ।’ नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएसमार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरूबीच अन्तरआबद्धता कायम गरिएको कम्पनीको भनाइ छ ।