ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एसएमईज सम्मेलन आज

२०७९ माघ, ९  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आज (सोमवार) एसएमईज सम्मेलन गर्ने भएको छ । महिला उद्यमलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको महासंघले जानकारी दिएको छ ।

सम्मेलनमा एसएमईज (साना तथा मझौला उद्यम) क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुति र सामूहिक छलफल हुने महासंघले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायत करीब ३०० जनाको सहभागिता रहने महासंघले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro