ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘जनकपुरधाम ट्रेड एक्स्पो २०२३’फागुन ५ देखि

२०७९ माघ, ९  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम । जनकपुरधाममा आगामी फागुन ५ गतेदेखि ‘जनकपुरधाम ट्रेड एक्स्पो २०२३’ हुने भएको छ । स्थानीय उत्पादनको व्यापार तथा व्यवसाय प्रवर्द्धन एवं सम्भावना खोजी गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो ।

फागुन १४ गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा हुने एक्स्पोको आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघ रहेको छ । संघका अध्यक्ष जितेन्द्र महासेठले एक्स्पोमा स्थानीय उत्पादन प्रदर्शनी तथा विक्री गरिने बताए । एक्स्पोमा सार्क राष्ट्रहरू भारत, पाकिस्तान, बंगलादेश लगायतका व्यापारीको पनि सहभागिता रहने अध्यक्ष महासेठले बताए । एक्स्पोमा १५० भन्दा बढी स्टलहरू रहने र १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro