ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

राइट टु प्रोटिन रन हाफ म्याराथन : आर्मीका दीपक र एपीएफकी फुलमतीलाई उपाधि

२०७९ माघ, ९  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’को उपाधि महिलातर्फ एपीएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा फुलमतीले निर्धारित दूरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारिन् । राममाया उक्त दूरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् ।

तेस्रो भएकी आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दूरी १ घण्टा २३ मिनेट १० सेकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्का १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । पुलिसकी अञ्जु खड्का १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् ।

पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजनले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनाका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गरे । तीर्थ गतवर्षको च्याम्पियन खेलाडी हुन् ।

आर्मीका सुशीलकुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थान हासिल गरे । म्याराथनका दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गरे ।

त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थान प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीलाई पुरस्कृत गरे । आयोजक संस्थाका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले प्रतियोगितामा ४ हजारभन्दा बढीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा नेपाल दाना उद्योग संघ र संघ अन्तर्गतका दाना उद्योग सहयोगीको रूपमा रहेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro