ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

उत्कृष्ट विद्यालयलाई १० लाख

२०७९ माघ, ९  
बागमती प्रदेश
Tvs Raider NA

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसईई)मा उत्कृष्ट नतीजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप रू. १० लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रममार्फत तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतीजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।

स्थानीय तहले शिक्षाको समग्र विकास गर्ने उद्देश्यले ल्याएको कार्यक्रममार्फत विद्यालयले विद्यार्थी संख्या बढाउन र विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ । ‘नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको शैक्षिक सुधार कार्यक्रमले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ,’ उनले भने, ‘मापदण्डमा रहेको सूचकांकका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।’

शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, शीप तथा क्षमता अभिवृद्धि र रोजगारी सृजना गर्न सकिने उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro