ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

आशा लघुवित्तको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा, प्रतिकित्ता मूल्य कति ?

२०७९ माघ, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३७५ कित्ता संस्थापक शेयर माघ १० गतेदेखि विक्रीमा ल्याउने भएको छ । 

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य रू. ३८० मूल्य तोकेर माघ २४ गतेसम्मका लागि उक्त शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

बोलपत्र पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro