ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

गुडविल फाइनान्सको नाफा करीब ४१ % घट्यो, इम्पेरमेन्ट चार्ज बढ्दा नाफामा असर 

२०७९ माघ, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गुडविल फाइनान्स लिमिटेडले रू. ४ करोड ६९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नाफा ४० दशमलव ७२ प्रतिशत कम भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ९१ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष रू. ३ करोड ६१ लाखभन्दा बढी इम्पेरमेन्ट चार्ज रहेकोमा यस वर्ष रू. ८ करोड १९ लाखभन्दा बढी रहेको छ । इम्पेरमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घटेर खुद नाफामा असर परेको हो ।

गत वर्ष रू. ११ करोड १५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ६५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ५२ लाखभन्दा बढी ऋणात्मक रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ६१ लाख १५ हजार रहेको छ । शेयर प्रिमियममा रू. २४ लाखभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. १२ करोड ८३ लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम रू. ५५ करोड ८३ लाखभन्दा बढी कायम भएको छ ।

चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीले रू. ११ अर्ब ६१ करोड ७४ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ९ अर्ब ४० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ३ दशमलव ७१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ७४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९२ र प्रतिशेयर नेटवर्थ रू. १७२ दशमलव ८५ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro