काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले साधारण सभा फागुन ९ गते गर्ने भएको छ ।
सभास्काई ब्यांक्वेट रामशाहपथ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी कम्पनीले दिएको हो । सभाले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले कम्पनीको ठेगाना परिवर्तनसम्बन्धी विशेष प्रस्ताव पानि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर बुक क्लोज माघ ६ गतेदेखि फागुन ९ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।