काठमाडौं । मर्जरपछि कुमारी बैंक र सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आज (सोमवार)देखि खुला भएको छ ।
कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कर्मश बैंक मर्ज भएपश्चात सोमवारदेखि कुमारी बैंकको नामबाट नेप्सेमा शेयर कारोबार खुला भएको हो । मर्जपछि शेयर कारोबार खुलोको पहिलो दिन नै बैंकको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यो समचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ८ दशमलव ९४ प्रतिशत वृद्धि भएर रू. २०६ दशमलव ५० पुगेको छ ।
यस्तै सानिमा इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको मर्जरपश्चात सोमवारदेखि सानिमा जिआइसीको नामबाट शेयर कारोबार खुलेको हो । उक्त कम्पनीमा पनि लगानीकर्ताको आकर्षण देखिंदा शेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४०४ दशमलव २० पुगेको छ ।