काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार श्रेष्ठलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको छ ।
श्रेष्ठ यस अघि पनि प्रचण्ड नेतृत्वको सरकार हुँदा २०७३ योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।
नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक श्रेष्ठ राष्ट्र बैंकको अनुसन्धान विभाग र राष्ट्र ऋण व्यवस्थापन विभागमा पनि कार्यरत थिए । एक समय राष्ट्र बैंकको प्रवक्ता समेत रहेका श्रेष्ठले करीब तीन दशक राष्ट्र बैंकमा काम गरेको अनुभव छ ।
श्रेष्ठले नेपालबाट एमपीए, बेलायतबाट एमबीए र अष्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका गरेका छन् ।
बन्द हडतालका कारण अर्थतन्त्रमा हुने आर्थिक क्षतिका बारे श्रेष्ठले गरेको अध्ययनले चौतर्फी चर्चा पाएको थियो ।