ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कर्मचारीलाई मन्त्री किरातीको लडाकु शैलीमा निर्देशन : काम गर्न नसके राजीनामा देऊ

२०७९ माघ, ९  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमका कर्मचारीलाई काम गर्न नसके राजीनामा देऊ भन्दै आक्रमक शैलीमा निर्देशन दिएका छन् । कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई  निर्देशन दिएका छन् । 

नयाँ सत्ता गठबन्धनबाट मन्त्रीमा नियुक्त भएका किराती तत्कालीन माओवादी लडाकुसमेत हुन् । उनले सोही शैलीमा निगमका कर्मचारीलाई निर्देशन दिएका हुन् ।  सोमबार निगम व्यवस्थापनले आयोजना गरेको उनकै स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

कार्यक्रममा बोल्दै उनले निगमका पदाधिकारीलाई निगमको समस्या समाधान हुने गरी विजनेश प्लान बनाएर तत्काल आफूसमक्ष पेश गर्न निर्देशन दिए । गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो ।

 निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न नहुने उनले बताए । त्यसो गर्न नसक्ने निगम पदाधिकारीहरूले तत्काल राजीनामा दिनुपर्ने  किरातीले स्पष्ट पारे  ।

‘अब हामीलाई विजनेश प्लान चाहियो । प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई मन्त्रालयमा चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काटयो ? सबै रिपोर्ट हामीलाई चाहिन्छ,' उनले भने, 'हामीले पनि त जवाफ दिनुपर्‍यो । बेलुका हामीलाई सोध्छन् मान्छेले ।'

आफू मन्त्रालयबाट फर्क‌ंदाखेरि जहाजको रिपोर्ट हेर्दै फर्कने भन्दै उनले जुन माध्यमबाट रिपोर्ट दिन सकिन्छ, सोही माध्यमबाट रिपोर्ट दिन भनेका थिए ।  'म ढिलै फर्कन्छु, कहिलेकाहीँ त ११ पनि बज्छ । उनले भने, 'हात्तीजत्रो समस्याको समाधानको स्रोतचाहिँ झिंगोको टाउको जत्रो भएर हुन सक्दैन  ।'

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro