काठमाडौं । मोरङको विराटनगरमा सेन्ट्रल फाईनान्सले शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर महानगरपालिका–९ मा सोमवारदेखि शाखा सञ्चालनमा ल्याइएको हो । यससँगै कम्पनीको शाखा संख्या १९ पुगेको छ । संस्थाले आगामी दिनमा रौतहटको चन्द्रपुरमा थप एक शाखा सञ्चालनमा ल्याउने जानकारी दिएको छ । संस्थाको चुक्तापूँजी रू. ९४ करोड ८८ लाख ७५ हजार रहेको छ । गत पुस मसान्तसम्ममा संस्थाको निक्षेप रू. ६ अर्ब ४२ करोड र कर्जा रू. ५ अर्ब १९ करोड रहेको छ ।