ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

होण्डाका दुई अफर सार्वजनिक

२०७९ माघ, १०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले दुई अफर सार्वजनिक गरेको छ । कम्पनीले होण्डाका बाइकहरू होण्डा साइन र होण्डा ग्राजियामा अफर सार्वजनिक गरेको हो । योजना अनुसार ग्राहकले होण्डा साइनको कुनै पनि पार्ट्स अर्डर गरेको ९९ घण्टाभित्र पाउने कम्पनीले बताएको छ । समयभित्र पाटर््स नआएमा ग्राहकले आफूले चाहेको रकम मात्रै तिर्न सक्ने कम्पनीको भनाइ छ ।

‘यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रूपमा रहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘होण्डा ग्राजियाको योजनामा नयाँ होण्डा ग्राजिया खरीद गर्ने ग्राहकले रू. १ मा ३ वर्षका लागि सर्भिसिङ र स्पेयर पार्ट्सको लाभ लिन सक्नेछन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro