ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी सम्पन्न

२०७९ माघ, १०  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमवार बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट प्रभातफेरी गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार प्रभातफेरीको मुख्य उद्देश्य वित्तीय साक्षरता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा सर्वसाधारणप्रति बैंकिङ सचेतना गर्ने उद्देश्यले प्रभातफेरी गरिएको बताए । प्रभातफेरीमा करीब १ हजारभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रम वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा ब्यानरसहित शुरू गरिएको थियो । आज (मंगलवार) बैंक ५८औं वर्षमा प्रवेश गर्दै छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro