ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘सूर्य नेपाल एनपीजीए म्याच प्ले’ आजदेखि

२०७९ माघ, १०  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । ‘सूर्य नेपाल एनपीजीए म्याच प्ले’ आज (मंगलवार)देखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । उक्त प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर २०२२–२३’ अन्तर्गत सिजनको तेस्रो संस्करण हो ।

पछिल्लो पूरा सिजन २०२१–२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २०औं वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्नेछन् । मंगलवार पहिलो चरणको खेल तथा बुधवार क्वार्टरफाइनल र सेमिफाइनल हुनेछ । बिहीवार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।

प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २०औं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् । दोस्रो वरीयताका भुवन नगरकोटीले १९औं वरीयताका सन्जोक मोक्तानसँग खेल्नेछन् । त्यस्तै पहिलो चरणमा जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीप कुमार लामा, संजय लामाले रमेश अधिकारी, दिनेश प्रजापतिले सूर्यप्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई र रामे मगरले भुवनकुमार रोक्काको सामना गर्नेछन् ।

भारतको व्यावसायिक गल्फ प्रतियोगिता पीजीटीआईको छनोट खेल्न भारत गएकालेचौथो वरीयताका निरज तामाङ सहभागी छैनन् । त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तीर्थ पौडेल (१८) पनि उपस्थित हुने छैनन् । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४२ हजार, तेस्रो हुनेले ३२ हजार तथा चौथो हुनेले २४ हजार रुपैयाँ पाउनेछन् । क्वार्टरफाइनलबाट बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कनेले ६ हजार रुपैयाँ पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro