ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

साना तथा मझौला उद्यमी सम्मेलन सम्पन्न : साना उद्यमीलाई कर्जा पाउन कठिन

२०७९ माघ, १०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । १० बुँदे घोषणापत्र सार्वजनिक गर्ँसाना तथा मझौला उद्यमी सम्मेलन (एसएमइज समिट) सोमवार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले लघु, घरेलु, साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै सञ्चालित ठूला उद्योगसँग जोड्न निरन्तर पहल गर्नेलगायत बुँदा सार्वजनिक गर्ँसम्मेलन सम्पन्न गरेको हो ।

सम्मेलनको उद्घाटन सत्रमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एसएमइजको दायरा थप फराकिलो बनाउन सरकारले सघाउने बताएका छन् । यस्ता उद्योगका लागि आवश्यक पर्ने नीति निर्माण तथा समस्याको समाधानका लागि कार्यसूची नै बनाएर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् । एसएमइजले अहिले भोगेका झन्झटिला प्रक्रिया हटाउने र वित्तीय पहुँचको विस्तार र परियोजनामा आधारित कर्जा (प्रोजेक्ट फाइनान्सिङ)को कार्यविधि बनाएर यसको विस्तारमा सघाउने अर्थमन्त्री पौडेलले बताएका हुन् । अहिले ब्याजदर घटेको र थप घट्न सक्ने संकेत गर्ँउनले नेपाल राष्ट्र बैंकले गर्ने स्वतन्त्र निर्णयमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताए । सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले उद्यममा कर्जा विस्तार र पहुँच सधैं उच्च प्राथमिकतामा रहेको बताए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आकारमा साना भए पनि रोजगारीमा उल्लेख्य योगदान एसएमइजले दिएको बताए । नेपालमा सञ्चालित ९९ प्रतिशत उद्योग व्यवसाय घरेलु, साना तथा मझौला उद्यम रहेको तथ्यांक उनले उल्लेख गरे । ‘यस्ता उद्योगको अंश कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी छ, राजस्व पनि बढाएको छ, तर आज यिनै उद्यमी मर्कामा छन्,’ उनले भने । उद्यमीहरू मर्कामा हुँदा सरकारको राजस्व गतवर्षको भन्दा १५ प्रतिशत कम उठेको उनको दाबी छ । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले सरकारका नीति सराहनीय भए पनि सुविधा लिन निकै बाधा हुने गरेको बताइन् । ‘साना उद्यमीहरूले प्रपोजल बनाउन सक्दैनन्, अरूमार्फत बनाउँदा महँगो पर्छ,’ गुरुङले भनिन्, ‘यसले गर्दा बैंकबाट ५ प्रतिशतमा कर्जा पाउन कठिन छ, जसकारण उद्यमीहरू चर्काे ब्याज भए पनि मिटरब्याजीबाट ऋण लिन बाध्य छन् ।’  बैंकहरूले सहायता केन्द्र (हेल्पडेस्क) नै बनाएर उद्यमीलाई सघाउनुपर्नेमा उनले जोड दिइन् ।

सम्मेलनमा ठूला तथा साना उद्योगबीच व्यावसायिक अन्तरसम्बन्ध, वित्तीय पहुँच, वस्तु बजारीकरण, निर्यात, नेपाल मध्यम आययुक्त विकासशील मुलुकमा स्तरोन्नति हुँदाका अवसर, उद्यमशीलता विषयमा सामूहिक छलफल भएका थिए । एसएमइजका लागि अहिले ‘स्वर्णिम युग’ भएको महासंघका स्टार्टअप तथा इन्नोभेसन समितिका सभापति रञ्जित आचार्यले बताए । ‘अहिले नेपाली युवा पुस्ताले नेपाली उत्पादनप्रति गर्व गर्न थालेको छ,’ उनले भने, ‘यसकारण अब ब्राण्डिङ, प्याकेजिङ र गुणस्तरमा एसएमइजले विशेष ध्यान दिनुपर्छ ।’ महासंघका अनुसार जीडीपीमा उद्योग क्षेत्रको योगदान ५ दशमलव ६ प्रतिशत छ । त्यसमध्ये एसएमइजको अंश नै ९० प्रतिशत छ भने १७ लाखले रोजगार पाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro