ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

व्यावसायिक क्षेत्रका समस्या समाधान गर्न मोरङ व्यापार संघको आग्रह

२०७९ माघ, १०  
प्रदेश ०१
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । मोरङ व्यापार संघले व्यावसायिक क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष नवीन रिजालले सोमवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी औद्योगिक तथा व्यावसायिक समस्या समाधानको पहल गर्न अनुरोध गरेका हुन् ।

भेटघाटमा अर्थमन्त्री र संघका अध्यक्ष रिजालबीच अनियमित विद्युत् आपूर्ति, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनका प्रतिकूल व्यवस्था, भन्सार मूल्यांकनका समस्या, स्थानीय बजार प्रवर्द्धन लगायत विषयमा छलफल भएको थियो । अध्यक्ष रिजालले विद्युत् कटौती तथा अनियमित आपूर्तिका कारण मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग नराम्ररी प्रभावित भएको अवगत गराए । अघोषित लोडशेडिङका कारण कोरिडोरका उद्योग निर्बाध सञ्चालन हुन नसकेको र कच्चापदार्थको प्रशोधन तथा उत्पादनमा असर परेको उनले बताए । अनियमित विद्युत् आपूर्तिकै कारण ४० प्रतिशतसम्म उत्पादन कटौती गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । यो समस्या यथाशीघ्र समाधानका लागि पहल गर्न उनले अर्थमन्त्री पौडेलसँग आग्रह गरे ।

यसैगरी चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको बुँदा नं ८.६ को व्यवस्था तत्काल खारेज गरिनुपर्नेमा अध्यक्ष रिजालले जोड दिए । ‘चालू पूँजीकर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ मा गरिएका अन्य कतिपय व्यवस्था अव्यावहारिक रहेको उनले बताए ।

आयात गरिने मालसामानको भन्सार अन्तरराष्ट्रिय उतारचढाव अनुरूप परिमार्जन गर्ँजानुपर्ने उनले औंल्याए । केही वस्तु आयात गर्दा भन्सारका अधिकारीले त्यसको भन्सार मूल्यांकन दर आफूखुशी निर्धारण गरिदिएको गुनासो आएको भन्ँउनले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

यस्तै अत्यावश्यक दैनिक उपभोग्य करीब ३५ वस्तुको कर/महशुल दर न्यून वा मिनाहा गरी महँगी नियन्त्रण गर्न कदम चाल्नुपर्ने उनले सुझाए । भेटमा अर्थमन्त्री पौडेलले संघका अध्यक्ष रिजालद्वारा अवगत गराइएका विषय र सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताए । समस्या समाधानका लागि आवश्यक कदम चालिने आश्वासन समेत उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro