ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मोलुङ्ग हाइड्रोपावरको आईपीओ खरीदका लागि पुनः म्याद थप 

२०७९ माघ, १०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पुस १९ गतेदेखि विक्रीमा आएको मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि पुनः म्याद थप भएको छ । कम्पनीले माघ ३ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि माघ १० गतेसम्मको अवधि थप गरेको थियो । पहिलो चरणमा म्याद थप भएको अवधिमा मागबमोजिम आवेदन नपरेपछि दोस्रो पटक माघ १५ गतेसम्मको अवधि थप गरेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने कम्पनीले माघ ३ गतेसम्म आवेदन माग गरेको थियो । 

कम्पनीले २ लाख ७२ हजार ८५० कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गरेको हो । आयोजना प्रभावित स्थानीयमा भने जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत दरको रू. ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर विक्री खुला गरेको हो । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरीएको १० प्रतिशत शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ भने २ दशमलव ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र २ दशमलव ५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ । लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । 

कम्पनीले ओखलढुङ्गामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत् उत्पादन गर्दै आएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोडभन्दा बढी छ भने आयोजनाको कूल अनुमानित लागत रू. १ अर्ब ४५ करोडभन्दा बढी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro