ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात 

२०७९ माघ, १०  
समाचार
Tvs Raider Image Not Found
जुम्लामा मंगलबार बिहान भएको हिमपात । जुम्लामा भएको हिमपात वर्षकै पहिलो हो । तस्बिर सौजन्य : सरोज शाही/क्लिकअब्लिंक
author avatar अभियान संवाददाता

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला र कर्णालीको जुम्लामा हिमपात भएको छ । सुदूरपश्चिमको बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको स्थानीयले बताएका छन् । 

सिगासमा आज बिहानदेखि हिमपात भएको का किसान दानसिंह बोहराले बताए । हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । 

यसैबीच हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको बोहराले बताए । राससको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro