ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जरपछिको शेयर सूचीकृत, ओपन रेञ्ज कति ?

२०७९ माघ, १०  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  मंगलवार सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्यारेन्स एक आपसमा मर्जरमा गएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट नेप्सेमा शेयर सूचीकृत भएको छ ।

मर्जरपछि कायम कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर सूचीकृत भएको हो । नेप्सेले सूर्या लाइफ र ज्योति लाइफको मर्जरपछिको पहिलो कारोबारका लागि रू. ३७१ दशमलव ५९ मूल्य रेञ्ज तोकेको छ ।

साबिकको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई खारेज गरी कम्पनीको १ करोड ९९ लाख ५२ हजार ९०० कित्ता शेयर साबिकको सूर्या लायफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम परिवर्तन गरी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर नेप्सेमा देखिनेछ । कम्पनीको स्टक सिम्बोल एसजेएलआईसी रहेको छ । 

सीडीएससीले मर्जरपछि कायम शेयर स्वाप रेसियोका आधारमा सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा शेयर जम्मा हुने व्यवस्था मिलाइसकेको छ । नेप्सेले एकीकृत कारोबारका दिनदेखि रोक्का रहेको दुवै कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय पनि गरेको छ ।

यी दुई कम्पनी १ बराबर शून्य दशमलव ८२ अनुपातमा मर्जरमा गएका हुन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro