ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

केबुल टेलिभिजन व्यवसायी सञ्चारमन्त्रीको शरणमा, आईएसपीका प्रसारण बन्द गर्न माग

२०७९ माघ, १०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

केबुल टेलिभिजन व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणसँग भइरहेको पोल भाडासम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार केबुल टेलिभिजन व्यवसायीहरूले आफ्ना विभिन्न समस्याहरूको समाधान तत्काल गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका छन्  । केबुल टेलिभिजन व्यवसायीहरूसँगको भेटपछि बोल्दै सञ्चारमन्त्री शर्माले अन्तर मन्त्रालय समन्वय गर्ने संरचना नहुँदा यी समस्याहरू बढ्दै गइरहेको बताइन् ।

ध्यानाकर्षण गराउन गएका टोलीलाई  उनले आफू मन्त्रालयमा नयाँ भएको यसबारे पूर्ण जानकारी लिएर मात्रै काम अघि बढाउने बताएकी थिइन् । ‘हामीले अन्तरमन्त्रालयसँग पनि कुरा गर्नुपर्ने हुन्छ, हाम्रै मन्त्रालयबाट विभेद भयो भन्ने कुरा गर्नुभएको छ, त्यो के रहेछ, सचिवज्यूसँग जानकारी लिन्छु, सकारात्मक रूपमा सोच्नेछु,' उनले भनिन्, 'अन्तर मन्त्रालयलाई समन्वय गर्ने खालको हाम्रो संरचना छैन, प्रधानमन्त्री कार्यालयअन्तर्गत गर्नुपर्छ । अरू कुरा पनि सहज बनाउनका लागि त्यस्तो संयन्त्र सोच्नुपर्ने हुन्छ ।’

त्यस्तै, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले मन्त्रालयबाट एन्ड्रोइड सेटअप बक्स ल्याउन दिएर सबै चिजहरू आईपीटिभीलाई फ्रिमा दिएर व्यापार नै धराशयी भएको बताए । उनले केबल व्यवसायीहरूले केबलको क्षेत्रमा दखिएका समस्याहरूको तत्काल समाधान र प्रशारणको क्षेत्रमा भइरहेका गैरकानूनी प्रशारणहरू तत्काल बन्द गरी/गराई नेपाल राज्यले अति आवश्यकीय सेवाको रूपमा लिएको केबल टेलिभिजन सेवा नियमित रूपमा प्रवाह गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।

उनले हाल पोल भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानहरूमा केबल व्यवसायीको केबलको तार काट्ने, केबल उपकरण जफत गर्ने, विद्युत आपूर्ति बन्द गर्ने जस्ता नेपाल विद्युत प्राधिकरणबाट भइरहेको गैरकानूनी कार्य तत्काल रोक लगाउन पनि माग गरे । 

व्यवसायीहरूले राष्ट्रिय प्रशारण ऐन, २०४९, राष्ट्रिय प्रशारण नियमावली, २०५२, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ विपरित इन्टरनेट र आईपीटिभीको नाममा ओटिटी/मोबाइल/एप/युट्युब/फेसबुकमार्फत गैरकानूनी रुपमा प्रशारण भइरहेका कार्यक्रम तत्काल बन्द गराउनुपर्ने, इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) ले इन्टरनेटको नाममा आइपीटिभी सेवा निःशुल्क गरी बण्डिङ प्याकेज बनाएर इन्टरनेट सेवा बिक्री वितरण गर्ने कार्यमा तत्काल रोक लगाउनुपर्ने, आईपीटिभी प्रदायकहरूले डाउनलिंकिङ अनुमति प्राप्त लाइनर कन्टेन तथा स्वदेशी इजाजत पत्र प्राप्त च्यानलहरू मात्र प्रशारण गर्न पाउने कानूनको कडाईका साथ पालना गराउनुपर्ने, निःशुल्क आईपीटिभीको नाममा वर्षौंदेखि राष्ट्रिय प्रशारण ऐन, २०४९ विपरित गैरकानूनी रोकमा टेलिभिजन कार्यक्रम प्रशारण गरिरहेका इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) मार्फत गरिएको प्रशारण तत्काल बन्द गराइ त्यस्ता आईएसपीहरूसँग हालसम्मको प्रशारण तथा वितरण शुल्क र जरिबाना असुल गर्नुपर्ने अन्यथा केवल व्यवसायीहरूले हालसम्म बुझाइसकेको प्रशारण तथा वितरण शुल्कसमेत फिर्ता गर्न माग गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro