ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

८.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने केही घट्यो

२०७९ माघ, १०  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै मंगलवार नेप्से परिसूचक ८ दशमलव १४ अंक बढेर बन्द भएको छ ।

नेप्से परिसूचक २ हजार १७३ दशमलव २४ विन्दुमा पुगेको छ । आज बजार खुलेको केही समय परिसूचक २ हजार १४० विन्दुसम्म झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि अन्त्यमा बढेर बन्द भयो । २२०० सम्म पुगेको नेप्से हाल २ हजार १७३ अंकमा छ ।

बढेको बजारमा प्रोफिट बुक गर्नेहरू सक्रिय भएछि पुनः बजार केही ओरालो लागे पनि बिस्तारै शेयर खरीदमा कारोबारीहरूको आकर्षण बढेको एक लगानीकर्ता बताउँछन् ।  

यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरूको भनाइ छ  । 

यस दिन कारोबारमा आएका २४८ धितोपत्रको ८३ लाख १८७ कित्ता ५२ हजार ४६० पटकमा रू. ३ अर्ब ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ६० पुगेको छ । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेर रू. १ हजार पुगेको छ । 

त्यस्तै मंगलवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । दोस्रोमा एनएमबि हाईब्रिड फण्ड एल–१ को इकाई मूल्य ५ दशमलव २४ प्रतिशत घटेर रू. ९ दशमलव ७७ कायम भएको छ । 

यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. १२ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको रू. १० करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro