ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘सीएनआई कोशी एक्स्पो’लाई चार पालिकाको सहयोग

२०७९ माघ, ११  
बजार
Tvs Raider NA

विराटनगर । माघ १९ गतेदेखि हुने ‘सीएनआई कोशी एक्स्पो २०७९’ लाई मोरङ–सुनसरी औद्योगिक क्षेत्रका चार स्थानीय तहले सहयोग गर्ने भएका छन् । विराटनगर महानगरपालिकासहित औद्योगिक क्षेत्रभित्रका बुढीगंगा गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले एक्स्पोमा सहयोग गर्ने हुन् । ती स्थानीय तहले घरेलु तथा साना उद्यमी तथा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न एक्स्पोमा स्टल राख्न सघाउने भएका हुन् ।

पाँचओटा पालिकाबाट छनौट भएर आउने घरेलु तथा महिला उद्यमीहरूले पाँचदेखि १० ओटासम्म स्टलहरू एक्स्पोमा नि:शुल्क पाउने व्यवस्था गरिएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगर–२ शंकरपुर मैदानमा एक्स्पोको तयारीलाई तीव्रता दिइएको छ ।

परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले एक्स्पो प्रवर्द्धनका लागि स्थानीय तहको उत्साहजनक सहभागिता रहेको बताए ।

अध्यक्ष घिमिरेले खुल्ला बजारमा साना उद्यमीहरूको समेत पहुँच हुनुपर्ने मान्यताअनुसार पाँचओटा स्थानीय तहमार्फत उनीहरूको सहभागिता सुनिश्चित भएको जानकारी दिए । ‘चारओटा पालिकाले उत्साहजनक रूपमा एक्स्पोलाई प्रवर्द्धन गरिदिएका छन् । यसलाई स्थानीयस्तरमा उद्यमशीलताको विकासमा ठुलो मद्दत पुगेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘महिला उद्यमी, घरेलु उद्योगहरूले एक्स्पोमार्फत आफ्ना उत्पादनलाई बाहिर ल्याउन सहज भएको छ ।’

उनले शुरूमा ३५० स्टल राख्ने तयारी भए पनि स्टलको माग अत्यधिक आएका कारण स्टल संख्या बढेर ४०० भन्दा बढी पुगिसकेको बताए ।

एक्स्पो अन्तरराष्ट्रिय स्तरको बनाउने गरी तयारी भइरहेको एक्स्पोका सहसंयोजक गिरीजा सारडाले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro