ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल

२०७९ माघ, ११  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन् । संस्था सञ्चालक समितिको सोमवार बसेको बैठकले दाहाललाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकाश प्राप्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । केन्द्रीय कार्यालय काठमाडौंको चावहिलमा रहेको वित्तीय संस्थाले ७५ शाखामार्फत कारोबार गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro