ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाई हुँदै

२०७९ माघ, ११  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा सर्वाेच्च अदालतमा आज (बुधवार)बाट सुनुवाइ शुरु हुँदैछ । पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ गते पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश गरेको थियो । 

सर्वोच्चका प्रवक्ता विमल पौडेलले सुनुवाई शुरु हुन लागेकाे जानकारी दिए । 

लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मंसिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ । 

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro