ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

निष्क्रिय कर्जा बढेसँगै घट्यो सेन्ट्रल फाईनान्सको नाफा, अन्य सूचक कस्तो ?

२०७९ माघ, ११  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९८ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ३ करोड ५० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ३ लाख ९९ हजारमा सीमित भएको हो ।

चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७ दशमलव ६३ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि ९८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड ९६ लाख रहेकोमा चालू आवमा घटेर रू. ५ लाख २८ हजारमा झरेको हो । 

कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ११ करोड १४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १२ करोड ६४ लाख पुगेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव ९५ रहेकोमा चालू आवमा घटेर रू. शून्य दशमलव शून्य ८ मा झरेको हो । त्यस्तै कम्पनीको तरलता अनुपात ३० दशमलव ७९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ३८ रहेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ८८ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. २४ करोड ८९ लाख, रिटेन्ड अर्निङमा रू.१ करोड ४ लाख र शेयर प्रिमियममा रू. ४ लाख ४२ हजार सञ्चित गरेको छ । रू. ६ अर्ब १८ करोड निक्षेप संकलन गरेका कम्पनीले रू. ४ अर्ब ९० करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro