ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता आज, यस्तो छ निर्वाचन कार्यतालिका

२०७९ माघ, ११  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ । 

नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्य बनेका रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन गर्न लागिएको हो । एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन् । नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउँदै छ ।  

प्रदेश निर्वाचन कार्यालय, दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी ३०५ मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ २१८ मतदाता छन् । माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ । 

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जितेका छन् । यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले १–१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro