ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सुपर मादी हाइड्रोपावरको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन पर्‍यो, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

२०७९ माघ, ११  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा ६ दशमलव शून्य १ गुणा बढी आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङका अनुसार बुधवार बिहान १०ः२० सम्ममा ९ लाख २ हजार ३१० जना आवेदकले १ करोड ४ लाख ७९ हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । यो आईपीओमा आवेदकले माघ १२ अर्थात् भोलि बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रू. २१ करोड बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वधारणका लागि छुट्याइएको कुल कित्तामध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । 

अब बाँकी शेयरबाट पनि ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याइएको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले कास्की जिल्लामा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro