ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ? 

२०७९ माघ, ११  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत मंगलवार सर्वाधिक मूल्य कायम भएको सुनको भाउ बुधवार (आज) तोलामा १०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्यले रेकर्ड कायम राख्दा तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो । 

बुधवार सुनको भाउ घट्दा चाँदीको भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३६५ रुपैयाँ तोकिएको छ । 

आज डलरको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज १ अमेरिकी डलरको विक्रीदर १३१ दशमलव ०६ रुपैयाँ कायम भएको छ । हिजो १ अमेरिकी डलरको विक्रीदर १३० दशमलव ५३ रुपैयाँ तोकिएको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro