ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु

२०७९ माघ, ११  
समाचार
Tvs Raider Image Not Found
तस्वीर : सामाजिक सञ्जाल ।
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।

गत मंगलवार काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधवार (आज) बिहान कीर्तिपुरस्थित बर्न अस्पताल मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

आफैंमाथि आगो लगाएपछि उपचारका लागि बर्न अस्पताल लगिएका उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । 

उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की हिजो साँझ अस्पतालमा पुगेकी थिइन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro