ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

इक्रा नेपालद्वारा लाफिङ बुद्ध पावर र हिम स्टार उर्जा कम्पनीलाई रेटिङ प्रदान

२०७९ माघ, ११  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इक्रा नेपाल  लिमिटेडले दुई कम्पनीलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । 

इक्रा नेपालले लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेड र हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो । 

इक्रा नेपालले कम्पनीलाई (इक्रा एनपी-आईआर) बी माइनस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् ।

त्यस्तै गरी इक्रा नेपालले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई (इक्रा एनपी-आईआर) बी प्लस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्रा नेपालले जानकारी गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro