ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एशियन हाइड्रोपावरको पहिलो चरणको आईपीओ बाँडफाँट

२०७९ माघ, ११  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका आईपीओ विक्री गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि मङ्सिर २७ देखि पुस १२ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा पनि एकै दिन विक्री खुला गरी पुस १९ गतेसम्म विक्री गरेको थियो । 

दुवै समूहकका योग्य आवेदकहरूमा माघ १० गते शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गरेको थियो । 

विक्री प्रबन्धकका अनुसार ८ हजार ५९२ जना वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले आईपीओ खरीदका लागि आवेदन दिएका थिए । तीमध्ये ८ हजार ४०० जना आवेदकले गोलाप्रथाको माध्यमाबाट १० कित्ताका दरले शेयर पाएका छन् । 

त्यस्तै आयोजना अति प्रभावित क्षेत्रअन्तर्गतका बासिन्दाहरूलाई २५० कित्तासम्म माग गर्ने १ हजार २७० जना आवेदकलाई मागबमोजिम १ लाख ४ हजार ८९० कित्ता, ३०० देखि २ हजार ५०० कित्तासम्म माग गर्ने १११ जना आवेदकलाई २८० कित्ताका दरले ३१ हजार ८० कित्ता र ३०० कित्तादेखि माथि माग गर्ने १११ जनामध्ये ३ जनालाई गोलाप्रथाको माध्यमबाट ३० कित्ता गरी कुल १ लाख ३६ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गतका बासिन्दाहरूलाई १० कित्तादेखि ३० कित्तासम्म आवेदन गर्ने २ हजार ३८३ जनलाई माग गरेबमोजिम ५० हजार ६०० कित्ता, ४० कित्तादेखि ६ हजार कित्तासम्म माग गर्ने ४ हजार ३६८ जनालाई ३० कित्ताका दरले १ लाख ३१ हजार ४० कित्ता र ४० कित्तादेखि माथि माग गर्ने ४ हजार ३६८ जनामध्ये गोलाप्रथाको माध्यमबाट २ हजार २३६ जनालाई १० कित्ताका दरले २२ हजार ३६० कित्ता गरी कुल २ लाख ४ हजार कित्ता शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका-१० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरू), माईजोगमाई गाउँपालिका वडा नम्बर ३, ४ (साविक नाम्सालिङ गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरू तथा नयाँ बजार गाविसको वडा नम्बर ५), तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तिनघरे गाविसका सम्पूर्ण वडाहरू तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३, ४ र ५) का स्थानीय बासिन्दाहरूका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्रबाहेकको इलाम जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको थियो ।

यस कम्पनीले इलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल लागत रू. १ अर्ब ३१ करोड १५ लाख ३० हजार हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड १५ लाखभन्दा बढी हुने अनुमान कम्पनीको छ । 

हाल कम्पनीमा संस्थापक तर्फबाट रू. २२ करोड २० लाख रकम चुक्ता भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ जारीपश्चात् दोस्रो चरणमा कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ । सर्वसाधारणमा समेत आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू. ३४ करोड पुग्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro