ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

म्याग्दीको तातोपानीमा ग्लोबल आइएमई बैंकको एक्स्टेन्सन काउन्टर

२०७९ माघ, १२  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

म्याग्दी । ग्लोबल आइएमई बैंकले म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सोसँगै बैंकको एक्स्टेन्सन काउन्टर संख्या ६३ पुगेको छ । सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै बैंकको बेनी शाखा मातहतमा रहनेगरी सो काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । यो काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ लगायत सेवाहरू उपलब्ध गराइने बैंकको भनाइ छ । बैंकले हाल ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखारहित बैंकिङ इकाइ, ६३ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro