ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०१
झापामा २५ हजार नागरिकलाई यसै साताभित्र बुस्टर डोज लगाईने
NA
माघ ५, झापा । झापा जिल्लामा अग्रपङ्तीमा कार्यरत करीब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ ।  स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्यांक अधिकृत चुडा...

प्रदेश नामकरणमा मुख्यमन्त्री राईलाई दबाब
NA
विराटनगर । प्रदेश नामकरणको विषयमा प्रदेश १ सरकारलाई चौतर्फी दबाब परेको छ । ६ ओटै प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोकिसकेपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण टुंग्याउने उद्घोष गरेका छन् । मुख्यमन्त्री राईले विभिन्न मञ्चहरूमा प्रदेशको नाम जातीय पहिचान...

सुकिलुम्बा विमानस्थल सञ्चालनको तयारी
NA
इलाम । इलामको सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु...

माटो परीक्षण शिविर
NA
विराटनगर । उत्पादन वृद्धि गर्न र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङको माटो परीक्षण शिविर सञ्चालन गरेको छ । किसानले दिनप्रतिदिन आवश्यकताभन्दा बढी रासायनिक मलको प्रयोग गर्न थालेपछि माटो उर्वराशक्ति कम भई माटोमा अम्लीयपन बढी देखिन थालेपछि सो शिविर सञ्चा...

मूल्यवृद्धिले अलैंचीखेती गर्ने किसानलाई राहत
NA
भोजपुर । यस वर्ष अलैंचीको मूल्यमा वृद्धि भएपछि भोजपुरका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा विक्री भएको अलैंची यस वर्ष प्रतिमन ४० हजार २०० रुपैयाँसम्ममा घरबाटै विक्री भएको टेम्केमैयुङ गाउँपालिका–५ का किसान शिवकुमार विष्टले बताए । अलैंचीको मूल्य वृद्धि भए पनि उत्पादनमा...

सुकिलुम्बा विमानस्थल फागुन ८ गतेदेखि सञ्चालनको तयारी
NA
माघ ३, इलाम । इलामस्थित सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो ।  नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेक...

वैदेशिक रोजगारबाट फर्केका धनकुटाका युवा तरकारी खेतीमा आकर्षित
NA
माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।&rsquo...

ओझेलमा बराहक्षेत्रको सूर्यकुण्ड
NA
सुनसरी । बराहक्षेत्रको सूर्यकुण्ड धार्मिक, सांस्कृतिक, ऐतिहासिक रूपले मात्र नभई साहित्यिक समिश्रण स्थल हो । विश्वेश्वरप्रसाद कोइरालाले सुम्निमा उपन्यासको परिवेशमा सूर्यकुण्ड क्षेत्रको महत्व र महिमाबारेमा उल्लेख गरेका छन् । सूर्यकुण्ड ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले पनि महत्वपूर्ण रहेको छ । आ...

धरान स्मार्ट बसपार्कको निर्माण तीव्र
NA
धरान (अस) । राजनीतिक खिचातानी र विवादको कारण स्मार्ट बसपार्क निर्माणमा देखिएको अन्योल हटेर काम सुचारु भएपछि धरान उपमहानगरपालिका–८ सुन्दरबस्ती आयोजना स्थलका जग्गाधनी उत्साहित भएका छन् । बसपार्क निर्माणका लागि निःशुल्क जग्गा दिएको दुई दशकपछि कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका हुन् । द...

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित
NA
 ताप्लेजुङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।      गए राति बाक्लो हिमपात भएको थियो । घुन्साक...