arthik abhiyan
प्रदेश ०२
कोशी पीडितको अनशन १६औं दिन पनि जारी
NA
राजविराज (अस) । कोशी पीडितहरूको अनशन आइतवार (१६औं दिन) पनि जारी रह्यो । कोशी ब्यारेज निर्माणको क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा, बाढीले जग्गा र बालीमा पुर्‍याएको क्षतिको राहत, जग्गाको सुरक्षा तथा नेपाल–भारत सरकारबीच भएको कोशी सम्झौता कार्यान्वयनको मागसहित सप्तरी, सुनसरी, उदयपुर लगायत...

निजगढ विमानस्थल : रुख काट्न नदिने अभिव्यक्तिको विरोधमा मन्त्रीको पुत्ला दहन
NA
भदौ १५, बारा । प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको क्रममा रुखहरु काट्न नदिने भनेर अभिव्यक्ति दिएका प्रदेश–२ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुत्ला दहन गरिएको छ । आइतवार सामाजिक सञ्जालमार्फत आह्वान गरिएको विरोध कार्यक्रममा स्वतस्फुर्त रुपमा सहभागी भएका नि...

बाढीले भत्काएको सडक नबन्दा स्थानीयलाई कठिन
NA
रौतहट (अस) । रौतहटका विभिन्न स्थानमा रहेको सडक मर्मत नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । गत असार २७ र २८ गतेको बाढीले सडक तथा डाइभर्सनलाई क्षति पुर्‍याएपछि पुनर्निर्माणमा चासो नदिँदा स्थानीय समस्यामा परेका हुन् ।  राजदेवी नगरपालिकाअन्तर्गत पथरा नजिकको निर्माणाधीन पुलको डाइभर्सन बाढीले ब...

बगरमा भविष्य खोज्दै श्रीपुरका किसान
NA
राजविराज । २०६५ भदौ २ गते सप्तकोशीको पूर्वी तटबन्ध फुट्दा साविक श्रीपुर जब्दी गाविस बगरमा परिणत भयो, हजारौं विस्थापित भए । आँखै अगाडि बाढी र डुबानले घर तथा जग्गा–जमिन बगाएपछि श्रीपुरका किसान सुकुमवासी बन्न पुगे । खेतीपातीबाट गुजारा गर्दै आएका उनीहरूलाई छाक टार्नै मुश्किल भयो ।  बाढीको...

५ स्थानीय तहले ल्याएनन् बजेट
NA
राजविराज । सप्तरीका १८ ओटा स्थानीय तहमध्ये १५ ओटाले मात्र आर्थिक वर्ष २०७६÷७७ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने समयसीमा भए पनि उक्त स्थानीय तहले बजेट ल्याउन सकेनन् । जनप्रतिनिधिबीच विवाद र आवश्यक तयारी गर्न नसक्दा ती स्थानीय तहले समयमा नै सभा गर्न नसकेका हुन...

उखु खेतीमा किराको प्रकोप, किसान चिन्तित
NA
भदौ ११, रौतहट  । यस जिल्लाको विभिन्न भागमा लगाइएको उखु खेतीमा किराको प्रकोप देखिन थालेपछि किसान चिन्तित भएका छन् ।  जिल्लाको विभिन्न क्षेत्रका नदी किनारमा लगाइएको उखु खेतीमा किराको प्रकोप देखिएको किसानले बताएका  छन् । गत असार २७ र २८ गते वागमती र लालबकैया नदीमा  आएको बाढीले उख...

सीमा क्षेत्रमा भारतीय बाँध विस्तार
NA
रौतहट । जिल्लाको इशनाथ नगरपालिकाको औरैयामा पर्ने नेपाल–भारत सिमानामा भारतले बाँध विस्तार थालेको छ । बाँध विस्तार हुन थालेपछि वर्षायाममा बाढीको चपेटामा पर्ने हो कि भनेर स्थानीय चिन्तित भएका छन् ।  भारतीय पक्षले मर्मत भनेर बाँध विस्तार गर्न थालेको स्थानीयको भनाइ छ । यस वर्ष भारतीय बाँधका...

सरकारको अव्यावहारिक नीतिका कारण गार्मेन्ट प्रोसेसिङ जोन(जीपीजेड) मा उद्योगीहरु आकर्षित हुन सकेनन्  
NA
भदौ ९, वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहामा दुई वर्षअघि शिलान्यास गरिएको गार्मेन्ट प्रोसेसिङ जोन(जीपीजेड) मा हालसम्म उद्योगीहरु आकर्षित हुन सकेका छैनन् । विशेष आर्थिक क्षेत्र (सेज) अन्तर्गत सञ्चालनका लागि तयार भइरहेको सो जोनमा सेज प्राधिकरणले तोकेको भाडादर उच्च रहेको तथा संरचनात्...

अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी
NA
भदौ ९, लहान । अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ ओटा डेरी उद्योगमा शिलबन्दी गरिएको हो ।   सदरमुक...

हरित प्रदेश अभियान शुरु, १९१.२२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण
NA
भदौ ८, सप्तरी । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ ओटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ ओटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो । सप्तरीको अग्नि...