arthik abhiyan
प्रदेश ०२
भन्सार परिसर बन्यो गाडी आयातकर्ताको गोदाम
NA
वीरगञ्ज । गाडी आयातकर्ताले बैंकको ब्याज बचाउन भन्सार परिसरमा नियमविपरीत कब्जा जमाएका छन् । व्यवसायीको यस्तो मनपरीमा भन्सार प्रशासन उदासीन देखिएको छ । भन्सारमा आइपुगेको गाडी ६० दिनभित्र जाँचपास गराउनुपर्ने नियम छ । तर, व्यवसायीले यो प्रावधानलाई लत्याएका छन् ।  तोकिएको समयभित्र जाँचपास नभ...

घरेलु तथा साना उद्योग कार्यालय रौतहटको २ करोड ३२ लाख राजस्व संकलन
NA
साउन २७, रौतहट । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ३२ लाख १९ हजार ६३२ रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योग दर्ताबाट ८७ लाख ९४ हजार रुपैयाँ, वाणिज्य प्रशासनतर्फ प्राईभेट फर्म (खरीदविक्री)बाट १ करोड ४३ लाख ७५ हजार ३५ रुपैयाँ र धरौटी जफतबाट ५० हजार ५४७ रुपैयाँ संकलन...

शिवम् पेट्रोल पम्पमा सिलबन्दी, ५९५ कम्पनीलाई कारबाही  
NA
साउन २७, वीरगञ्ज । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गर्दै आएको हेटौंडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ ।  लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल विक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो...

निर्माणाधीन ल्यान्डफिल साइट : एडीबी बाहिरिने भएपछि दबाबमा वीरगञ्ज महानगर
NA
वीरगञ्ज । आउँदो डिसेम्बरलगत्तै मुख्य लगानीकर्ता एशियाली विकास बैंक (एडीबी) योजनाबाट बाहिरिने भएपछि वीरगञ्ज महानगरलाई ल्यान्डफिल साइटको काम जसरी भए पनि सक्न दबाब बढेको छ । ३ पटक म्याद थप्दा पनि योजना पूरा भएको छैन । यही अक्टोबरसम्मका लागि चौथो पटक समय लम्ब्याउन प्रस्ताव गरिएको छ ।  सन् २०१८ ड...

हुलाकी राजमार्ग अन्तर्गतको निर्माणाधीन पुल भत्कियो, निर्माण सामग्रीको गुणस्तर जाँच गर्न स्थानीयको माग
NA
साउन २६, राजविराज । तराई मधेशको लाइफलाइन मानिएको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सप्तरी खण्डमा निर्माणाधीन पुल भत्किएको छ । बोदे बरसाइन नगरपालिका वडा नम्बर ५ जाँजरस्थित खडक नदीमा निर्माणाधीन पुल भत्किएको हो । सप्तरीमा २ अर्ब रुपैयाँको लागतमा हुलाकी राजमार्गको दुईओटा योजनामा ४० किलोमीटर सडक निर...

विद्युत् चुहावट १२ प्रतिशतले घट्यो, हुकिङ गरी विद्युत् चोर्ने ५३७ जना पक्राउ
NA
साउन २४, सिरहा । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रति...

 हुलाक बचत बैंकमा ५ करोड निक्षेप  
NA
साउन २३,  कलैया । जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/ ७६ मा कुल रू.५ करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ ।      यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रू.४ करोड ६७ लाख ५ हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रू.४ लाख ३ हजार...

उद्यमीलाई निरुत्साहित गर्दैछ संघीय सरकार, नभए कर छुटमा आपत्ति किन ?
NA
साउन २२, जनकपुरधाम । संघीय सरकारका कारण प्रदेश–२ मा उद्योग स्थापनामा जटिलता थपिएको गुनासो गरिएको छ । प्रदेश–२ सरकारले प्रदेशमा उद्योग स्थापनामा लगानी गर्नेलाई करमा छुट दिने नीति बनाएको, तर त्यसप्रति संघीय सरकारले आपत्ति जनाउँदै आएको बताइएको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले बुधव...

एउटा विद्यालयलाई आएको बजेट नगरपालिकाले अर्कोलाई दिएपछि...
NA
बारा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत केन्द्रस्तरको कार्यक्रमबाट विद्यालय भवन निर्माणका लागि पठाएको अनुदान रकममा निजगढ नगरपालिकाले लापरबाही गरेको छ । मन्त्रालयले एउटा विद्यालयलाई पठाएको रकम नगरपालिकाले अर्को विद्यालयलाई...

हुरी र बाढीपीडितलाई क्षतिपूर्ति माग
NA
बारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराले बाढीपीडितलाई क्षतिपूर्ति र हावाहुरी प्रभावित भई छुटेकालाई पुनर्निर्माणको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नेकपा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी राजेश पौडेलमार्फत प्रधानमन्त्री केप...