arthik abhiyan
प्रदेश ०५
प्यूठानका स्थानीय तहको बेरुजु साढें ७ करोड, सबैभन्दा बढी स्वर्गद्वारीमा 
NA
भदौ ७,प्यूठान ।   आर्थिक वर्ष २०७४/ ०७५ मा प्युठानका नौ ओटा स्थानीय तहको बेरुजु रू.७ करोड ६५ लाख  भएको पाइएको छ । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ ओटा स्थानीय तह रहेको प्युठानमा जिल्लामा  गत आर्थिक वर्षमा ७ करोड ६५ लाख ४७ हजार २२७ रहेको महालेखा परिक्षक कार्यालयको वार्षिक...

विदेशबाट रित्तो हात स्वदेशमा फलिफाप
NA
प्यूठान । करीब ६ वर्ष मलेशिया र दुबईमा परिश्रम गरी फर्केका ऐरावती गाउँपालिका–४ धुवाङका डुकबहादुर पुन स्वदेश फर्केर बाख्रापालन तथा तरकारीखेतीमा लागेका छन् । जीवनको ऊर्जाशील समयमा विदेशी भूमिमा पसिना बगाएर स्वदेश फर्केका उनी अहिले आफ्नै गाउँमा रमाएका छन् । धेरै कमाउने आशाले ६ वर्षसम्म विदेश बसे...

बबईले एउटै वडाको ५० बिगाहा खेतीयोग्य जग्गा कटान
NA
घोराही । दाङको बबई नदीले एउटै वडामा ५० बिगाहा जग्गा कटान गरेको छ । घोराही उपमहानगरपालिका वडा नं ३ मा मात्र बबई नदीले ५० बिगाहा जग्गा कटान गरेको वडा सदस्य सुमन रोकाले जानकारी दिए । तर सबै वडामा भएको क्षतिको तथ्यांक आइनसकेको उनले बताए ।  बबई नदीले वर्षेनि सयौं बिगाहा जग्गा कटान भइरहेको स्थानीय...

अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टुक्रे बजेट : योजना ढिलो हुँदा लागत  बढ्ने अनुमान
NA
घोराही । दाङको लमही नगरपालिकामा प्रस्तावित अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणमा बजेट अभाव देखिएको छ । २०७० सालमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर क्रिकेट मैदानको निर्माण प्रारम्भ भए पनि पर्याप्त बजेट नआउँदा अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।  लमही नगर विकास समितिले मैदान निर्मा...

१५ जनाविरुद्ध राजस्व चुहावट मुद्दा दायर
NA
नेपालगञ्ज । राजस्व अनुसन्धान विभागले १५ जनाविरुद्ध राजस्व चुहावट र विदेशी विनिमय अपलचन गरेको आरोपमा बुधवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आरोपितहरूमा बाँकेको नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृतद्वय बटुकृष्ण अधिकारी र सुभाषप्रसाद श्रेष्ठ तथा नायब सुब्बाहरू देवीबहादुर थापा...

भन्सार अधिकृतसहित १५ जना विरुद्ध राजस्व चुहावट र विदेशी विनिमय अपचलन मुद्दा दायर 
NA
 भदौ ५, नेपालगञ्ज । राजस्व अनुसन्धान विभागले बाँकेको नेपालगञ्ज भञ्सार कार्यालयका अधिकृतसहित १५ जना विरुद्ध राजस्व चुहावट र विदेशी विनिमय अपलचन मुद्दा  दायर गरेको छ ।  तत्कालिन कर्मचारीहरु संलग्न हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका  मुख्य कारोबारी बिनोदकुमार गुप्...

दाङमा दैनिक २५ हजार लिटर दूध खपत, मागभन्दा उत्पादन न्यून
NA
भदौ ५, दाङ । दाङ जिल्लामा दैनिक २० देखि २५ हजार लिटर दूध खपत हुने गरेको छ । जिल्लाका घोराही, लमही, तुलसीपुर, गढवा, भालुवाङ, नारायणपुर लगायतका ठूलो बजारहरुमा गरी दैनिक २० देखि २५ हजार लिटर दूध खपत हुने पाइएको छ तर यो माग भन्दा कम रहेको उपभोक्ताहरु बताउँछन् । अन्य समयमा केही पुगे जस्तो देखिए पनि चा...

ग्वारखोलामा १८ किमी तटबन्ध
NA
घोराही । दाङको ग्वारखोलाको दायाँबायाँ क्षेत्रमा पक्की तटबन्ध गरिने भएको छ । खोलाले दिन प्रतिदिन खेतीयोग्य जमीन बगाउन थालेपछि तटबन्धको योजना अघि सारिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीले बताए । उनका अनुसार खोलाको १८ किलोमिटर क्षेत्रमा पक्की तटबन्ध गरिनेछ । तटबन्धक...

मदिरा विक्रीमा प्रतिबन्ध नलगाउन आदेश
NA
रुकुम पश्चिम । रुकुम पश्चिममा मदिरा विक्रीमा प्रतिबन्ध नलगाउन उच्च अदालत सुर्खेतले आदेश दिएको छ । साउन २९ गते उक्त अदालतका मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीश सुदर्शन देव भट्टको संयुक्त इजालाशले सरकारबाट इजाजत प्राप्त गरी सञ्चालन गरेका व्यवसाय नरोक्न आदेश दिएको हो ।  स्थानीय सरकारले मदिर...

पितलको मुर्तिमा सुनको जलप लगाएर करीब १६ लाखमा विक्री, ५ जना पक्राउ
NA
भदौ ४, दाङ । पितलको मुर्तिलाई सुनको जलप लगाई रू. १५ लाख ८९ हजार ५ सयमा विक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट करीब ५  किलोको पितलको बुद्धको मुर्ति ल्याएर सुनको जलप लगाई नेपाल–भारत सीमास्थित दाङको भैसाही नाकामा भारतीय नागरिकलाई विक्री गरी फर्कने क्रममा रकमसहित उनीहर...