ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
प्रदेश-गण्डकी
दिवा खाजाले विद्यार्थी नियमित
NA
स्याङ्जा (अस) । स्याङ्जाको भीरकोट नगरपालिकाले बालविकास कक्षामा दिवा खाजा सञ्चालन गरेसँगै विद्यार्थी नियमित उपस्थित हुन थालेका छन् । नगरभित्रका ४२ सामुदायिक विद्यालयका बालविकास कक्षामा दिवा खाजा कार्यक्रम लागू भएसँगै कक्षामा विद्यार्थीको नियमित उपस्थितिका साथै शिक्षण सिकाइ समेत बढेको नगर प्रमुख छायार...

बागलुङमा अन्तरराष्ट्रिय मूर्तिकला कार्यशाला शुरू
NA
बागलुङ । बागलुङको गल्कोट नगरपालिका–५, टेउवामा सोमवारदेखि  अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरू हुँदै छ । गलकोट कला प्रतिष्ठानले आयोजना गरेको यो कार्यशाला १५ दिनसम्म चल्नेछ । मूर्तिकला कार्यशाला गलकोटको पर्यटन विकासका लागि महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ ।  कार्यशालाक...

पर्वतमा ढुंगाखानीको अध्ययन गरिँदै 
NA
पर्वत । पर्वतको जलजला गाउँपालिकाले अनुमति नलिई सञ्चालित ढुंगाखानीलाई वैधता दिन उपयुक्त भए÷नभएको विषयमा अध्ययन गराउने भएको छ । अनुमति दिएर करको दायरामा ल्याउन सके आन्तरिक स्रोत वृद्धिका साथै व्यवस्थित रूपमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ ।  यहाँका ढुंगाखानी वर्षौंदेखि अव्यवस्थित ढं...

तिलोत्तमा नगरपालिका : घर पहिचानमा सहजताका लागि वैज्ञानिक ठेगाना प्रणाली
NA
रूपन्देही । तिलोत्तमा नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली शुरू गरेको छ । बढ्दो शहरीकरणसँगै विकास र योजनाको समग्र जानकारी र व्यवस्थित नगरको परिकल्पनामा अघि बढ्ने उद्देश्यले नगरले सजिलै घर तथा भवन पत्ता लगाउन सकियोस् भन्ने हेतुले मेट्रिक ठेगाना प्रणाली ल्याएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा...

पर्वतमा सडक विस्तारका लागि १० करोड थप
NA
पर्वत । पर्वतमा सडक सञ्जाल विस्तारका लागि थप रू. १० करोड रकम प्राप्त भएको छ । जिल्लाका ६ ओटा ग्रामीण सडकको स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट थप गरिएको सडक डिभिजन कार्यालय पोखराले बताएको छ ।   डिभिजन कार्यालयका अनुसार कुश्मा–दुर्लुङ–क्याङ सडक र सहस्रधारा–ततरकोट सडकका ल...

गण्डकी प्रदेश सभाको २ वर्ष : कानून निर्माणमा ढिलासुस्ती
NA
कास्की । गण्डकी प्रदेशसभा गठन भएको २ वर्ष पूरा भए पनि आवश्यक कानून निर्माणमा सुस्त देखिएको छ । यस अवधिमा सभाका ७२० दिनमा जम्मा १४२ ओटा बैठक सम्पन्न भएका छन्, जसमा संसद्ले हालसम्म ३१ ओटा मात्र विधेयक पास गरेको छ । कानून अभावले सरकारी काममा ढिलासुस्ती भइरहेको गुनासो बढिरहेका बेला कानून निर्माणको मु...

‘विकास र समृद्धिको चाहना पूरा गर्नुुपर्छ’
NA
कास्की (अस) । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विकास र समृद्धिप्रतिको जनता चाहना पूरा प्रदेश सरकार लाग्नु पर्ने बताएका छन् । आइतवार प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सव समारोहमा उनले जनआकांक्षा अनुसार पूर्वाधार निर्माण र सुशासन कायम गर्न सरकारलाई आग्रह गरे । सुशासन र व्यवस्थापन पक्षलाई अझ...

बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द 
NA
म्याग्दी । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक १ महीनाका लागि दैनिक ८ घण्टा बन्द हुने भएको छ । उक्त सडकखण्डको घुमाउने तालदेखि बेगखोलासम्मको सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि फागुन १० देखि चैत १५ सम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय, म्याग्दीले बताएको छ । जिल्ला प्रशासन कार्...

पर्यटकका लागि खुल्यो अन्नपूर्ण बेसक्याम्प
NA
म्याग्दी (अस) । हिमपहिरोको कारण अनिश्चितकालका लागि बन्द भएको अन्नपूर्ण बेसक्याम्प खुलेको छ । १ महीनाअघि बेसक्याम्पको हिंकु केभ र देउरालीबीचको भागमा हिमपहिरो खसेपछि बन्द भएको पदमार्ग पर्यटकका लागि खुला गरिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी बुद्धिमान गुरुङले बताए । गुरुङ...

दाना सबस्टेशन निर्माण अन्तिम चरणमा
NA
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानामा निर्माणाधीन दाना सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले २२० केभीए क्षमताको कालीगण्डकी प्रसारण कोरिडोर आयोजना अन्तर्गत दानामा सबस्टेशन निर्माण गरेको हो ।  सबस्टेशनको करीब ९५ प्रतिशत काम सम्पन्न भएको आ...