arthik abhiyan
प्रदेश-कर्णाली
पाँच दिनदेखि कर्णालीमा हवाई सेवा प्रभावित
NA
आकाश तारा बयक सुर्खेत । प्रतिकूल मौसमका कारण ५ दिनदेखि कर्णाली प्रदेशको हवाई सेवा प्रभावित भएको छ । केही दिनदेखि लगातार वर्षा र हुस्सु लाग्नाले कर्णालीमा हवाई सेवा ठप्प भएको हो । कर्णालीका पहाडी जिल्लामा नियमित हवाई उडान नहुँदा यात्रु आवतजावत र खाद्यान्न तथा औषधिजस्ता अत्यावश्यक वस्तुको ढुवानीमा समस...

३ दिनदेखि कर्णालीमा हवाई सेवा प्रभावित, अत्यावश्यकीय वस्तुको आपूर्तिमा समस्या
NA
आकाश तारा बयक असार २९, सुर्खेत । पछिल्लो तीन दिनदेखि कर्णालीमा हवाई सेवा प्रभावित भएको छ । कर्णालीका पहाडी जिल्लाहरुमा नियमित हवाई उडान नहुँदा यात्रुसँगै अति आवश्यकीय खाद्यन्न तथा औषधीजन्य वस्तुहरुको आपूर्तिमा समस्या आएको छ । केही दिनदेखिको लगातार वर्षा, हुस्सु र खराब मौसमका कारण कर्णालीमा क्षेत्रमा...

दैलेखमा ३५ प्रतिशत धान रोपाइँ
NA
पंखबहादुर शाही दैलेख । दैलेखमा असार २४ गतेसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दैलेखले बताएको छ । केन्द्रका अनुसार यो वर्ष समयमा नै पानी नपरेकोले रोपाइँ ढिला भएको छ । असार अन्तिम साता लाग्दै गर्दासम्म गत वर्षको तुलनामा यो वर्ष ६५ प्रतिशत धान रोपाइँ कम भएको केन्द्रको तथ्यांक छ ।...

अलैंची खेतीलाई व्यावसायमुखी बनाउन बिरुवा वितरण
NA
असार २३, दैलेख(अस) । कर्णाली प्रदेश सरकारले अनुदानमा दैलेख जिल्लालाई ३ लाख ७५ हजार अलैंचीका बिरुवा उपलब्ध गराएको छ । ‘एक निर्वाचन क्षेत्र, एक अलैंची पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत प्रदेश सरकारले कृषि ज्ञान केन्द्र दैलेखमा पठाएको हो । केन्द्रले नारायण बहुउद्धेस्यीय सहकारी संस्था मार्फत सञ्चालित लक्...

साबर : माग ठूलो, आपूर्ति शून्यप्राय
NA
पंखबहादुर शाही दैलेख । काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाइने ‘साबर’ (प्रशोधित छाला) का लागि प्रसिद्ध ठाउँ हो, दैलेख । कुनै समय साबरका जुत्ता, चप्पल, कोट, ब्याग, पर्स आदि बिक्री गर्न भ्याइनभ्याइ हुने यहाँका पसलहरूमा अब त्यस्ता सामग्री हराउँदै गएका छन् । त्यसो त अहिले पनि मृग र रतुवा...

सडक खन्दा सिँचाइ कुलोमा समस्या : ४ हजार हेक्टर खेतीयोग्य जमीन बाँझो
NA
बुद्धिमान पुन सल्यान । सल्यानमा जथाभावी रूपमा सडक खन्दा सिँचाइ कुलोमा असर पुगेको छ । सिँचाइ कुलोमा क्षति पुग्दा जिल्लाको हजारौं हेक्टर खेतीयोग्य जमीनमा खेती हुन नसकेको स्थानीयले बताएका छन् । सडक निर्माणको क्रममा फालिएको माटोले सिँचाइ कुलो पुरिएको हो । सिँचाइ कुलो पुरिएका कारण जिल्लाभर चार हजार हेक...

प्राविधिकधारका कोही पनि व्यक्ति अब बेरोजगार भएर बस्नु पर्देन : मन्त्री बुढा
NA
आकाश तारा बयक असार २२, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीलाई रोजगारमय बनाउन आह्वान गरेका छन् । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा घरेलु तथा साना उद्योग विकास कार्यालय र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा बेरोजगार युवालाई एक महीने...

सल्यानमा उत्पादित टिमुरका बिरुवा ४० जिल्लामा निर्यात
NA
असार २२, सल्यान(अस) । सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो । जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थ...

निकासी पुर्जी नपाउँदा करोडौं मूल्यको सेतक चिनी गोदाममा
NA
असार २१, जाजरकोट । समयमा निकासी पुर्जी नपाउँदा करीब रू. ९ करोडको सेतक चिनी जाजरकोटमै थन्किएको छ । प्रतिक्विन्टल रू.६० हजारमा विक्री हुने करीब १ हजार ५०० क्विन्टल सेतक चिनीले छुट पुर्जी नपाउँदा जाजरकोटमै थन्किएको हो । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नबनाएको र सामुदायिक वनको कार्य योजना हालसम्म स्व...

सल्यानमा विमानस्थल निर्माणको सम्भावना कम : नीति तथा कार्यक्रममै समावेश भएन
NA
बुद्धिमान पुन सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका आफैले थालनी गरेको कामबाट पछाडि हटेको छ । गाउँपालिकाले लेखपोखराको लेखानाचौरमा विमानस्थल बनाउन पहल थाले पनि अघि बढाउन नसकेको हो । गत असोजमा गाउँपालिकाले लेखपोखरा विमानस्थल पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । आरम्भ आर्किटेक्ट ए...