काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले यस प्रकारको सहयोगले आगलागी पीडितलाई सहज हुने विश्वास व्यक्त गरे । वडा अध्यक्ष कलिम राइनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलाप गर्दै आएको बताए । प्रभावित परिवारलाई आगामी दिनमा सहयोग चाहिएको अवस्थामा कम्पनी सहयोग गर्न तयार रहेको बताए । कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।