काठमाडौं। विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा आफ्नो शोरुमको स्थापना गरी विक्री शुरू गरेको छ । ऐसले ब्राण्ड विश्वको चर्चित फर्निचर उत्पादक तथा विक्रेता रहेको बताइएको छ । १८ वर्षदेखि ऐसले अमेरिकाको सबैभन्दा विक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको बताइएको छ ।
यसका विश्वभरि ६६ राष्ट्रमा १ हजार १ सयभन्दा बढी शोरुम रहेका छन् । नेपालमा ऐसलेको आधिकारिक विक्रेता एसएन जोशी एण्ड सन्स कम्पनी प्रालि रहेको बताइएको छ । टेकुस्थित ऐसलेको शोरुम ४ हजार ५ सय स्क्वायर फिटमा फैलिएको छ । यहाँ विभिन्न लिभिङ रुम, डाइनिङ रुम, बेडरुमको साजसज्जा सहित चाहिने सरसामान उपलब्ध रहेको बताइएको छ ।