काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह सहीत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)का प्र.उ. होविन्द्र बोगटीका अनुसार उनिहरू बिरूद्ध ठगी गरेको आरोपमा उजुरी परेको हो ।
उजुरी परे लगत्तै पक्राउ पूर्जी जारी भएको बोगटीले जानकारी दिए । 'बालमन्दिरको जग्गा बिवादमा ठगी गरेको उजुरी परेको छ। सोही अनुसार पक्राउ पुर्जी जारी भएको छ,' उने भने, ' हामि थप अनुसन्धान गर्दैछौं ।'
पक्राउ पुर्जी जारी हुनेमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह सहित पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ विरुद्ध पक्राउ पक्राउ पुर्जी जारी भएको छ । उनिहरू विरूद्ध बालमन्दिरको जग्गा हिनामिना गरेको आरोप छ ।