एजेन्सी । भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन आज भइरहेको छ ।
आज (मंगलवार) हुने निर्वाचनमा ११ राज्य र केन्द्र शासित प्रदेशका ९३ सिटका लागि मतदान हुँदैछ । तेस्रो चरणमा कुल १ लाख ८५ हजार मतदान केन्द्रमा १७ करोड २४ लाख मतदाताले मतदान गर्दैछन् । यहाँ ८ करोड ८५ लाख पुरुष र ८ करोड ३९ लाख महिला मतदाता रहेका छन् ।
यस चरणमा गृहमन्त्री अमित शाह, स्वास्थ्यमन्त्री मनसुख माण्डविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपा लालगायत धेरै केन्द्रीय मन्त्रीहरू भिड्दैछन् । लोकसभा चुनावका लागि मतदानको मिति घोषणा हुँदा तेस्रो चरणमा १२ राज्यका ९४ सिटमा मतदान हुने भनिएको थियो । त्यसयता केही सिटमा परिवर्तन देखिएको छ ।
गुजरातको सुरतमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । मध्य प्रदेशको बैतूलमा चुनावको मिति परिवर्तन गरी मे ७ मा परिवर्तन गरिएको छ । दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने थियो । जम्मू–कश्मीरको अनन्तनाग–राजौरी सीटमा पनि मतदानको मिति परिवर्तन गरिएको छ । यसअघि तेस्रो चरणमा निर्वाचन हुनुपर्नेमा अब छैटौँ चरण अर्थात् मे २५ मा मतदान हुनेछ । बीबीसी/रासस