काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीको चालू आवको तेस्रो त्रैमाससम्म (चैत मसान्तसम्म)मा विद्युत् विक्री आम्दानी रू. ५५ करोड ४० लाख रहेको छ । गत आवको यसै अवधिमा कम्पनीले विद्युत् विक्रीबापत रू. ५३ करोड ३९ लाख आम्दानी गरेको थियो ।
कम्पनीको खुद नाफा गत आवको तुलनामा चालू आवमा २८३ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १ करोड ८ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४ करोड १४ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ३५ करोड छ । तेस्रो त्रैमाससम्ममा अन्य इक्विटी भने रू. ४ करोड ५२ लाख ऋणात्मक छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०७ पैसा छ भने प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ६५ छ ।